वीरगंज । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले गाउँसभा सदस्यले राखेको प्रस्ताव लेख्न नमानेपछि पर्साको कालिकामाई गाउँपालिकाको गाउँसभामा भाँडिएको छ । अध्यक्ष बशिष्ठ कलवार र प्रशासकिय अधिकृत अमित गिरीले स्वास्थ्य कर्मचारीहरूको म्याद थप्न प्रस्ताव लेखन नमानेपछि सोको बिरोध गर्दै सदस्यहरूले म्यानुट खोसेर च्यातेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए । दुई महिना देखि कर्मचारी आन्दोलनमा रहेको स्थानिय प्रशासनको रोहवरमा पटक पटक छलफल भई परिषद बाट निर्णय गर्ने कुरा भएपनि अध्यक्षले विभिन्न चलखेल गरिरहेको चौरसियाले बताए । कर्मचारीहरू सम्बन्धित प्रस्ताव लिपिबद्ध गर्न नमानेपछि बिबादले उग्ररूप लिएको थियो । स्थानियले विरोध जनाउदै पालिका अध्यक्षलाई लखेटेपछि सुरक्षाकर्मीले उनलाई उद्दार गरेर पठाएका थिए । गाउँसभा स्थगित पछि सभाबाट लखेटिएका पालिका अध्यक्ष कलवारले आफ्नो घरमा आफ्ना पक्षधरलाई बोलाई किर्ते हस्ताक्षर गरि गाउँसभा सम्पन्न गर्ने तरखरमा लागेको स्रोतको दावी छ । पालिकामा ८ जना स्वास्थ्य कर्मचारीको म्याद थप नगरिएको बिगयमा बिगत दुईमहिना देखि कर्मचारीको आन्दोलन हुँदै आएको छ । पालिकामा देखिएको बिवाद मिलाउन पटक पटक स्थानिय प्रशासनको रोहवरमा छलफल भई परिषदबाट समस्या सामाधान गर्ने सहमति हुदापनि सोको बिरूद्ध पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले विभिन्न चलखेल गरिरहेका छन ।8 minutes ago|
More like this
लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश
गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय...
हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु...
वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त...
मानवसेवा आश्रमलाई वाशिङ मेशिन सहयोग सहयोग
वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई वाशिङ मेशिन र ३०...