परिषद सदस्यको प्रस्ताव नलेखिए पछि कालिकामाईको गाउँसभा स्थगित

वीरगंज । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले गाउँसभा सदस्यले राखेको प्रस्ताव लेख्न नमानेपछि पर्साको कालिकामाई गाउँपालिकाको गाउँसभामा भाँडिएको छ । अध्यक्ष बशिष्ठ कलवार र प्रशासकिय अधिकृत अमित गिरीले स्वास्थ्य कर्मचारीहरूको म्याद थप्न प्रस्ताव लेखन नमानेपछि सोको बिरोध गर्दै सदस्यहरूले म्यानुट खोसेर च्यातेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए । दुई महिना देखि कर्मचारी आन्दोलनमा रहेको स्थानिय प्रशासनको रोहवरमा पटक पटक छलफल भई परिषद बाट निर्णय गर्ने कुरा भएपनि अध्यक्षले विभिन्न चलखेल गरिरहेको चौरसियाले बताए । कर्मचारीहरू सम्बन्धित प्रस्ताव लिपिबद्ध गर्न नमानेपछि बिबादले उग्ररूप लिएको थियो । स्थानियले विरोध जनाउदै पालिका अध्यक्षलाई लखेटेपछि सुरक्षाकर्मीले उनलाई उद्दार गरेर पठाएका थिए । गाउँसभा स्थगित पछि सभाबाट लखेटिएका पालिका अध्यक्ष कलवारले आफ्नो घरमा आफ्ना पक्षधरलाई बोलाई किर्ते हस्ताक्षर गरि गाउँसभा सम्पन्न गर्ने तरखरमा लागेको स्रोतको दावी छ । पालिकामा ८ जना स्वास्थ्य कर्मचारीको म्याद थप नगरिएको बिगयमा बिगत दुईमहिना देखि कर्मचारीको आन्दोलन हुँदै आएको छ । पालिकामा देखिएको बिवाद मिलाउन पटक पटक स्थानिय प्रशासनको रोहवरमा छलफल भई परिषदबाट समस्या सामाधान गर्ने सहमति हुदापनि सोको बिरूद्ध पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले विभिन्न चलखेल गरिरहेका छन ।8 minutes ago|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो...