प्रादेशिक अस्पताल गौरमा अख्तियारकाे छापा

रौतहट, ३१ भदौ । । प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो। टोली बा.एडि ९०६४ नम्बरको गाडीमा आएको थियो ।
जब सञ्चारकर्मीहरूले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे, उनीहरूले कुनै पनि जानकारी दिन अस्वीकार गरेका थिए। समाचार श्रोतहरूका अनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएका छन्। यस क्रममा स्टोर किपर राम अश्रेय मुखियासँग केही बेर सोधपुछ समेत गरेका थिए।
अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका छन । सो अस्पतालमा टाइल्स र मार्बल जडान,गाडि मर्मत , टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको आरोप छ।
स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ। यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन्। उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा.अमित चाैधरीले बताए। स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन्। यश विषयमा अध्यक्ष हासमिसंग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन ।
यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ, र अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ।टोली कहाँको हो र कति जना सदस्यहरू थिए भन्नेबारे पनि कुनै स्पष्टता दिइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

अल्पाइन माविका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न...

रास्वपा, पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी...

तराई मधेस देशको मेरुदण्ड– कमल थापा

वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले तराई मधेस नेपालको मेरूदण्ड रहेको...