उपमेयरद्वारा भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन

वीरगंज, १६ असोज ।
वीरगंजको हरि खेतान बहुमुखी क्याम्पस नजीकै भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ ।
आज वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सुविधा सम्पन्न परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरेका थिए ।
करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्ट परिवारिक वातावरण रहेको छ । प्रख्यात र दक्ष कुकबाट मासुको विभिन्न प्रकारहरू बनाइने बताइएको छ । हरेक बर्ग का युवा युवती महिला–पुरूषको लागि खुला केबिन कटेजको सुविधा रहेको जानकारी रेष्टुरेन्टका संचालक निरज सर्राफ र मुकेश कुमार गुप्ताले बताए ।
वीरगंजमा पहिलोपल्ट परिवारसंग बसेर माटोको भाँडोमा पकाइने कटिया मासु तथा मासुको विभिन्न परिकार बनाइने सञ्चालक सर्राफले बताए । उनले अनुभवी कारिगर र वेटरबाट सेवा दिन पाउँदा छिटै ग्राहकको मन जित्ने जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...