दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र पसलेहरूलाई कडा निर्देशन दिएको छ ।
शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक सूचना जारी गर्दैै दशैं, तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी ढंगले मूल्य बृद्धि नगर्न निर्देशन दिएका हुन् । उक्त सूचनामा कुनैपनि वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न,अखाद्य वस्तुको बिक्रिवितरण नगर्न, सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिइएको छ।
यस्तै माछा मासु बिक्री गर्ने व्यापारीहरूले माछा मासु काट्ने र बिक्री गर्न राख्ने ठाँउ सफा राख्न, मासु काट्ने व्याक्तिले सफा एप्रोन लगाउन, चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम नबजाउन,पटकाजन्य पदार्थको बिक्रीवितरण र प्रयोग नगर्न,जुवातास नखेल्न र नखेलाउनपनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यदि स्थानीय प्रशासनको यी आग्रह र निर्देशनको उल्लंघन भएको पाइएमा सम्बन्धीत पसलल, संस्था वा व्यक्तिलाई कानुन अनुसार हुदैसम्मको कारबाई गरिनेपनि चेतावनी दिइएको छ । यसैगरि उक्त सूचनामा चाडपर्बका बेला अधिकारप्राप्त निकायले बजार अनुगमनलाई तिब्रता दिने र उपभोक्ताको अधिकार र हकलाई संरक्षण गर्ने प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...