सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित...

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै...

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर...

सुनचांदीको गहनासहित तीनजना पक्राउ

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत...