सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक टेक्नोसफ्ट प्रा.ली, पर्साले प्रिन्टर सहयोग गरेको छ ।
आज वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर त्रिमुर्ती टोल स्थित रहेको डायनामिक टेक्नोसफ्ट प्रालि पर्साका प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई १ थान क्यानन कम्पनीको प्रिन्टर प्रदान गरेका हुन् ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी बरिष्ठ नायब निरीक्षक गोरख बहादुर शाहीले प्रिन्टर सहयोग गर्ने टेक्नोसफटलाई धन्यवाद प्रदान गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका बरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, सचिव कुल नारायण (दिलीप) प्रधान, सदस्य मधु सिहं, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...