वीरगंज, ३० असोज । सशस्त्र प्रहरी बल, पर्साले मंगलवार १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् । असोज २९ गते वीरगंज म.न.पा–१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरूबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ना २ ह ३८८७ नं को अटोमा तथा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल ल्याउदै गरेको ७ लाख ५७ हजार ३५५ मूल्य बराबरको किराना, मोटरपार्टस, कस्मेटिक, मोवाइल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका समानहरू बरामद गरी अटोको भन्सार मुल्य तीन लाख मुल्याङ्कन जम्मा मुल्य रू.१० लाख ५७,३५५ बराबरको सामान र अटो नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षकनरेन्द्र सिंह धामीले आज जानकारी गराएका छन् ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...