बारा प्रहरीद्वारा गाँजा र अवैध सामान बरामद

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २७ किलो गाँजा बरामद गरेको छ ।
कात्तिक ५ गते बिहान ९ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहरमा चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरा आउदै गरेको भारतीय नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका थिए ।
प्रहरीले मोटरसाइकल पछाडी बाँधी राखेको बोरा खोली हेर्दा बोरा भित्र २७ किलो गाँजा बरामद भएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले जनाएको छ । गाँजा छाडेर फरार हुने व्यक्तिको खोजी भइरहेको उनले जनाएको छ ।
यसैगरी कात्तिक ४ गते इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन जादै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकबाट सपोर्टिङ विल नभएको १५ लाख ४० हजार २ सय ८० रुपियाँ बराबरको बदाम दाना, जीरा, मेथि, नारिवल र अन्य खुद्रा समान बरामद भएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता सापकोटाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...