शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक । वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ ।
आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली मन्दिर हुँदै गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिरमा पुगि समापन भएको थियो। पालकी शोभा यात्रामा भक्तजन एवं श्रद्धालुहरूको उल्लेखनीय सहभागीता रहेको थियोे ।
श्री शिरडी साई बाबा मन्दिरका अध्यक्ष हीरा साह कानुका अनुसार आज १२ बजे देखि भण्डाराको आयोजना गरिएको थियोे सो भण्डारामा वीरगंजका सम्पूर्ण भक्तजन एवम् श्रद्धालुहरू लाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको थियोे।
पूजाआजा गरेर जोतको कार्यक्रमपछी १२ बजे देखि भण्डारा महाप्रसाद वितरण गरिएको थियोे । त्यसपछि सत्संग एवम् भजन र कीर्तनको कार्यक्रम पनि आयोजना गरिएको थियो।
मन्दिरका प्रमुख संरक्षक नीरज कुमार सर्राफका अनुसार यस वर्षको उत्सव विशेष रूपमा भक्तजन एवं श्रद्धालुहरूका लागि समर्पित गरिएको छ। कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई सहभागी हुन आहवान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...