वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा टोलीले होटलहरूमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरेको टोलीमा सम्मिलित होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बाताए । यसक्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसलाई १०–१० हजार जरिवाना गरि सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको पन्तले बताए । अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका र अखाद्य बस्तुहरू नष्ट गर्नुका साथै सम्बन्धीत निकायहरूमा दर्ता नभएका होटलहरू लाई तुरून्तै दर्ता गर्न निर्देशन दिएको खाद्य अधिकृत सुरेश कुमार सिंहले बताए । उनले विभिन्न खाद्य बस्तुहरूको टेस्टो मिटर द्वारा बैज्ञानिक ढंगले समेत जाँच गरिएको बताए ।
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले गरेको अनुगमनमा टोलीमा वीरगंज माहानगरका बरिस्ट खाद्य अनुसन्धान अधिकृत बिपिनकुमार दास, वीरगंज उद्योग बाणिज्य संघका मनोज दास, उपभोक्ता हित संरक्षण मन्चका अजित भुजेल, पत्रकार युबराज भट्टराई, जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु र बाणिज्य लगायतका कार्यालयहरूका प्रतिनिधिहरूको समेत सम्लग्नता रहेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...