भीमफेदीको होमस्टे प्रवद्र्धन गर्दै अल्पाइनका विद्यार्थीहरु भारतको प्रसिद्ध कार्यक्रममा

वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ ।
भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले हिजो सम्बोधन गरेका थिए भने आज सहायक मुख्यमन्त्रीलगायतको सहभागिता रहेको अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
अल्पाइन माविका करीब डेढ दर्जन विद्यार्थी तथा शिक्षक सहितको टोलीले १५ दिन पहिले नेपालको भीमफेदीमा भ्रमण गरी त्यहाँको होमस्टे कार्यक्रमलाई भारतको बिहार राज्यको पटनामा आयोजित बजार तथा व्यापार प्रवद्र्धन कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल–भारत पर्यटकहरुको तालमेल गराई नेपालको पर्यटन क्षेत्रको अर्थतन्त्र उकास्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको अल्पाइन माविका उपाध्यायले बताउनुभयो ।
विद्यार्थीहरुले हिजो र आज भारतको पटनास्थित सो कार्यक्रममा सहभागी भएर व्यापार प्रवद्र्धनको लागि परामर्श, तथा तालीम लिनुका साथै भ्रमण अवलोकन पनि गरेका छन् ।
उक्त कार्यक्रम बजार प्रतिक्रियालाई ध्यानमा बिहार सरकारसँगको परामर्शमा टिटिएफ पटनाको दोस्रो संस्करण आयोजना गरिएको फेयरफेस्ट मिडियाका आकाश वर्माले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...