रास्वपा, पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी अध्यक्ष रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरू अनशनमा बस्ने चेतावनी दिएको छ ।
रास्वपा पर्साले बुधवार बृहत -याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो ।
रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा रबि लामेछानेलाई निर्दाेष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गरेको थियो । साथै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको फोटोसमेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाव र घम्सा घम्सी समेतको वातावरण बनेको थियो ।
जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा रास्वपा पर्साका केन्द्रीय सदस्य डा नन्दन यादव, प्रदेश सदस्य पुर्षाेतम उपाध्याय, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाद मियाँ, पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा राखी रहे अब देश रविमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए । उनले भने अब देश र जनताले रवि निर्दाेष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रविको पक्षमा उर्लिएको छ ।
कार्यक्रममा पूर्व सभापति दिलीप कुर्मी, उपसंयोजक तुलशा अधिकारी, प्रदेश सदस्य सुदिश प्रजापति, सब्बु कंडेल, शिक्षा बिभागका सोनालाल पटेल, पालिका सभापतिहरू माधव बस्नेत, उमेश गुप्ता, प्रदिप पटेल र पूर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...