गुगल म्यापको भर पर्दा कार नदीमा खस्यो, तीनजनाको मृत्यु

वीरगंज, ९ मंसिर । गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ । भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिवार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्पm जाँदै गरेको थियो।
उनीहरू जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो तर जीपीएसमा खसेको भागको परिवर्तन अद्यावधिक गरिएको थिएन।
कार द्रूत तीव्र गति भएकाले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन। तीव्र गतिमा रहेको कार पुलबाट २५ फिट तल नदीमा बजारिँदा चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...