गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक

वीरगंज, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रवारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो। जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ खजुरीया भन्ने ठाउँमा उनको हत्या भएको हो। आफ्नो घरबाट कलैयाबजार आउने क्रममा साँझमा गोली हानी कुशवाहाको हत्या भएको थियो।
उक्त घटनामा संलग्न रहेका जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ घर भएका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो। सुरेन्द्र समेत १७ जनाले एकिकृत भई क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रहरीको दावी रहेको छ। गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि सुरेन्द्रको भएको प्रहरीले जनाएको छ। सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी गरी आठ जनालाई बारा जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि जेल चलान गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन। उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली सात राउण्ड, मोटरसाईकल चार वटा, मोबाईल चार वटा, ल्यापटप दुर्ई वटा, सिम कार्ड सात वटा ७ बरामद भएको छ। प्रहरीले अनुसन्धान प्रकृया पुरा गरेको छ।
अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाइते पछी मृत्यु भएका हरिभुषणप्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी मुख्य अभियुक्तको रूपमा सुरेन्द्रप्रसाद कुशवाहालाई खुलाएको प्रहरी उपरीक्षक खडकाले जानकारी दिए।
घटना पश्चात मुख्य अभियुक्त सुरेन्द्र भारतको बिभिन्न ठाउँमा तथा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको हो । हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन् भने जानकारी प्राप्त हुन आएपछि जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले बुधवार पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक खड्काले बताए ।
अभियुक्तहरूलाई ज्यान सम्बन्धी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा...

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ ।...

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका...