वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर

वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ ।
श्री इन्द्रदेव मावि आमवामा सम्पन्न भएको स्वास्थ्य शिविरको आयोजना स्थानीय युवा शक्ति र वीरगंज आँखा तथा दाँत अस्पताल वीरगंजले गरेको थियो ।
शिविरमा २३० जनाको आँखा जाच गर्दा ६० जनामा मोतिबिन्दुको बिरामी भेटिएको थियो । यसैगरी १५ जना जलबिन्दुका बिरामी पनि भेटिएको थियो । मोतियाबिन्दु र जलबिन्दु भेटिएको बिरामीहरुको थप उपचारको लागि वीरगंज आँखा तथा दाँत अस्पतालमा गरिने अस्पतालका व्यवस्थापक अशोक पटेलले जानकारी दिए ।
शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...