वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले मनोरञ्जन लिएको बताइएको छ । मेलामा तीनवटा मौतका कुँवा, ५ वटा झुला, चारवटा ब्रेक डान्स, सर्कस, पाँचवटा डैगन, बच्चाको खेल तमाशा ५० भन्दा बढी रहेको देखेपछि मेला घुम्न आउनेहरु मनोरञ्जनका सामग्रीबाट थप रोमाञ्चित भएका थिए । नेपालमा पहिलोपटक नै गढीमाई मेलामा ल्याइएको डिजिटल माताको वाटरपिसप्रति दर्शकहरु निकै आकर्षित भएका थिए । रात्रिको समयमा डिजिटल मेलाको रौनकताले ग्रामीणवासीको मन निकै मोहेको देखियो । बालबालिका, महिला, युवायुवतीहरु मेलामा निकै सहभागीता बढेको छ । महागढीमाईको मेला मंसिर १ गतेदेखि लागे पनि मेला पूर्णरुपमा मंसिरको दोस्रो सातापछि मात्र लाग्न थालेको थियो । मेलामा शनिवार र आइतवारका दिन निकै भीड बढेको थियो । रांगा तथा विभिन्न पशुपक्षीको बलिदानका दिन मेलामा भारत बिहार तथा युपीबाट घुम्न तथा दर्शन गर्न आउनेहरुको निकै भीड बढेको थियो ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...