नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा खनाल विजयी

वीरगंज, २९ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ, पर्साको अध्यक्ष पदमा ओमप्रकाश खनाल नौ मत अन्तरले विजयी भएका छन् । उनले ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अनुप तिवारीले ७५ मत पाएका थिए । प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठनबाट समर्थन पाएका खनाललाई प्रेस युनियन र प्रेस चौतारीका असन्तुष्ट खेमाले पनि सहयोग गरेका थिए । प्रेस युनियन तथा प्रेस चौतारीका आधिकारिक उम्मेदवार तिवारीलाई उनकै पक्षधरहरूले असहयोग गर्दा हार बेहोर्नुपरेको बताइएको छ ।
पर्सामा बलियो सङ्गठनको रूपमा रहेका युनियन र चौतारीलाई पाखा लगाउँदै सङ्गठन विस्तारकै क्रममा रहेका सेन्टर र समाजवादीले समर्थन गरेका उम्मेदवारले जितेपछि युनियन र चौतारीभित्र किचलो शुरू भएको छ । मतपरिणाम अनुसार मतदाताहरूले सङ्गठनको ह्वीपलाई पाखा लगाउँदै आआफ्नो विवेकले मतदान गरेको देखिन्छ । पर्सामा मिश्रित परिणामले गठबन्धन सङ्गठनबीच एकअर्कालाई आरोप लगाउन पनि शुरू भएको छ ।
त्यसैगरी, मतपरिणाम अनुसार उपाध्यक्षमा भूषण यादव ९० मत ल्याइ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अलि असगर देवानले ६० मत पाएका थिए । महिला उपाध्यक्षमा नीलिमा पौडेल दुई मत अन्तरले विजयी भएकी छन् । उनले ७९ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कविता खड्काले ७७ मत पाइन् । सचिवमा विजय चौहान ६१ मत ल्याइ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी मनोजकुमार पटेलले ४९ मत ल्याएका थिए ।
सहसचिव (समावेशी)तर्फ एसके चौरसिया ६२ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी इरफान अलिले ५१ मत पाए । सहसचिव (खुला)तर्फ अजयकुमार चौरसिया ७७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी उदयकुमार दासले एक मत कम ७६ पाएका थिए । कोषाध्यक्षमा सञ्जीवकुमार मिश्रले ६५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमितकुमार साहले ३४ मत पाए । सदस्य (महिला)तर्फ कमला भण्डारीले ८२ मतसहित विजयी भइन् भने विमला गुप्ताले ७२ मत पाइन् । सदस्य (आदिवासी जनजाति)तर्फ अजितकुमार भुजेल ६१ मतसहित विजयी भए । सदस्य (मधेसी)तर्फ आरोहण साह ६२ मत ल्याइ विजयी भए, सदस्य (अन्य समावेशी)तर्फ प्रकाशकुमार तिवारी ८२ पाएर विजयी भए ।
सदस्य (खुला)तर्फ तिवारी यादव ६१, प्रमोद यादव ५१, बलिराम शुक्ला ५०, रितेन्द्र झा ५०, श्याम कुशवाहा ५४, राहुल गुप्ता ५९, महेशचन्द्र गौतम ६४, राघवसाह कानू ७० मत पाएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...