रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजनिक गरेको छ ।
रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।
महोत्तरी जिल्ला जलेश्वर नपा ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जिल्ला, जितपुरसिमरा उमनपा वडा नं.१९ घर भई हाल वडा नं १ मा जय माँ इन्जिनियरिङ वर्कसप सञ्चालन गर्ने वर्ष २७ को पुरूषोत्तम कुमार दास, सोही ठाउँका वर्ष २० को ईन्द्रजित कुमार चौहानलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पुस ६ गते विहान ०९ः१५ बजे जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ बकुलियादेखि रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार चालक बस्ने सिटमा राजकुमार रुम्बा मृत अवस्थामा भेटिएको थियो ।
जीतपुरसिमरा–१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी रहेर विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रूम्बाको पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोबाट गोलीको एउटा बुलेट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा तीनजनालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय सिमराबाराबाट भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले मृतकले घाटीमा लगाएको एउटा सुनको सिक्री पुरूषोत्तम कुमार दासको वर्कसपमा काम गर्दै गरेको अवस्थामा जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको तथा मृतक रूम्बाको एउटा पर्स पनि बरामद भएको प्रहरीले जनाएको छ । संकित व्यक्तिहरूबाट प्रहरीले छ वटा मोबाइल र दासले प्रयोग गर्ने ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...