सीमास्तम्भको नम्बरिङ तथा मर्मत कार्य

वीरगंज, ०९ माघ । नेपाल–भारत अन्तर्राष्ट्रीय सीमा दशगजा क्षेत्रस्थित सीमा स्तम्भको रंगरोगन एवम् नम्बरिंग शुरू गरिएको छ । सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनरूवा र भारत, पूर्वी चम्पारणको पन्टोका ग्राम पञ्चायत वडा नम्बर ४ सुन्दरपुरमा रहेको सीमा स्तम्भ नम्बर ३९१–६ को रंगरोगन तथा नम्बरिंग कार्य शुरू गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बालगायतको सहभागीता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल एसएसबीले संयुक्त रूपमा सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन शुरू गरिएको हो । मधेश प्रदेशका पर्सा, बारा, सर्लाही र सिराहा जिल्लाका सीमा स्तम्भहरूको सशस्त्र प्रहरी बल, नेपाल, नापी विभागका प्रतिनिधि कपिल कटुवाल एवं एसएसबीका प्रतिनिधिको उपस्थितिमा मर्मत तथा रंगरोगन कार्य वीरगंजबाट उदघाटन गरिएको छ । भारतबाट ४७ बटालिएन हेडक्वाटर्स पन्टोका ई कम्पनीका ए.सी. उत्तम कुमार घोष सहितको टोली सहभागीता रहेको यस कार्यक्रममा सानो सीमास्तम्भको रंगरोगन कार्य विधिवतरूपमा शुरू गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...