हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

वीरगंज, १७ माघ । वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।
मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर०५ क्यु४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको लेगगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली रू. ५०० दरका नोट १२०० थान गरी ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ परेका रौनियारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

नेपाल पत्रकार मञ्चको कार्यक्रममा सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन...

काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा...

भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको...

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक...