वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद सजाय तोकेपछि फरार भएका एकजना अभियुक्तलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष ४१ को चन्दन कुमार रौनियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागु औषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र रू १०,००० जरीवाना पर्सा जिल्ला अदालतले २०६१।०३।१३ गते फैसला गरेपछि रौनियार फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले बिहीवार दिउँसो १ बजे वीरगंज महानगरपालिका वडा नं.१६ नगवाबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा कैद भुक्तानको लागि बुझाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् । साथै पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...