वीरगंज, १८ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ । वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरू पक्राउ परेको प्रवक्ता भट्टले बताए । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहार, छपराका ३५ वर्षीय मनेजर राय रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुर्ई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसूर बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...