वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४० बजे प्रहरी कार्यालय कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका वडा नं. २ स्थित बजारटोलबाट भलुहीतर्फ पैदल जादै गरेका तीनजनालाई चेकजाँच गर्दा उनीहरुले कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका (९ किलो २०० सय ग्राम) गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रसौनी गापा–२ प्रसौनी बस्ने वर्ष ५५ कि रम्भा देवी मुखियाको साथबाट तीन किलो १४१ ग्राम गाँजा, वर्ष ३८ को जोगिन्द्र मुखियाको साथबाट दुई किलो ६४३ ग्राम गाँजा र पर्सा जिल्लाको विन्दवासिनी गापा–२ गर्दैल बस्ने वर्ष ६० की ममता देवी मुखियाको साथबाट दुई किलो ६५९ ग्राम र तथा झोलामा रहेको ७९८ ग्राम गाँजा गरी कुल ९ किलो २०० ग्राम गाँजा बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् । पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...