वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए । यसैगरी, आज बिहान ९ः३० बजे नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर दुईवटा झोला फालेर भागेकोका थिए । दुईवटा झोलाबाट २७ किलो ९० ग्राम गाँजा बरामद भएको सापकोटाले बताए । यसैगरी आज बिहान प्रहरी चौकी पथलैयाले नेपाली नम्बरको स्कुटीबाट अफिमजस्तो देखिने १३ किलो वस्तु बरामद गरेको छ । प्रहरीले स्कुटी रोक्न खोज्दा नरोकी भागेको र पिछा गर्दैजाँदा सूर्य नेपाल नजीकैबाट स्कुटी र मकवानपुर जिल्ला, मनहरी गापा–६ बस्ने सूर्यबहादुर मोक्तान र भीमबहादुर मोक्तानलाई पक्राउ गरेको प्रवक्ता सापकोटाले बताए । स्कुटीबाट १३ किलो अफिमजस्तो देखिने वस्तु बरामद भएको र घटनाबारे छानबिन भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...