५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रबनानि टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा चेकजांच गर्ने क्रममा हेटौंडाबाट वीरगंज जांदै गरेको बा ३६ प २७१४ नम्बरको मोटरसाइकलमा सवार मकवानपुर जिल्ला कैलाश गापा–६ गोगने बस्ने २५ वर्षीय भुवन सिंह थिङलाई ५ किलो चरेससहित पक्राउ गरिएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जनाएका छन् । यसैगरी आज दिउंसो प्रहरी चौकी पथलैयाले चेकजांच गर्ने क्रममा काठमाडौंतर्फ जांदै गरेको ना ६ ख ६३१५ नं.को ट्रकबाट २४ लाख ५७ हजार मूल्य बराबरको विभिन्न सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । सो ट्रकमा लोड रहेको मोटर पार्टस, पेपर, पंखा, मोटरलगायत विभिन्न सामानको बिलबिजकभन्दा बढी देखिएको र स्रोत खुलाउन नसकेपछि कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बार बुझाएको प्रवक्ता श्रष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...