सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रहरी हवल्दार सुभाष प्रसाद यादवको बिदाइ तथा प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादवको स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रह सुभाष प्रसाद यादवलाई मायाको चिनोसहित टीका, खाँदा लगाएर केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले बिदाइ गरेका थिए भने प्रसह सुरेन्द्र यादवलाई अबिर टीका लगाई, दोसल्ला ओढाएर स्वागत गरेका थिए । केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार डा ज्योतिप्रकाश दुवे, सहकोषाध्यक्ष राधा शर्मा, सदस्य विपिन घिमिरे, समाजसेवी गणेश थापा, वीरगंज न्युरो रिसर्च हेल्थकेयरको प्रशासन शाखाका प्रमुख सुमन कार्की, ग्रामीण विकास बैंकका लेखापाल राजेन्द्र कपाडी, केन्द्रकी प्रहरी सहायक हवल्दार लालुमाया महतो, प्रहरी जवान अभिषेक रायलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...