वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् । आज स्थानीय क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको पहिलो चरणमा वीरगंजका प्रायः सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा ‘मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशेढुङ्गा साबित हुने बताए । उनले २१औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठा– कोठा चहारेर आफ्नो महत्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यवसायीहरूको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्यसो गरिएको भेटिएमा कारबाइको लागि तयार रहन चेतावनी समेत दिए । उनले आफू पर्सा आएपछि वीरगंजका ४ जना होटल ब्यवसायीहरूलाइ मानव बेचबिखनको मुद्दा चलाएको समेत बताएका थिए । ७० भन्दा बढी होटल ब्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमको ओपन फ्लोअरमा अधिकांस होटल ब्यवसायीहरूले आ आफ्नो समस्याहरू राख्ने क्रममा व्यवसायीहरूमाथी कतै–कतै अन्याय समेत भएको बताएका थिए । होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक र सामुदायिक प्रहरीका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...