महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र बाराका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेख्य घुइचो लागेको छ । वीरगंजको पशुपतिनाथ मन्दिरलगायत पर्साको ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालय तथा बारा कलैयाका शिव मन्दिरमा विहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो भने मेला पनि लागेको थियो । अखण्ड रूद्री पाठ तथा विशेष पूजा अर्चना भएको थियो । यस्तै बाराको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा दर्शनार्थीहरूको घुइचो लागेको छ । यहाँ मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरू आएका हुन् । यसैगरी बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञमा हजारौ व्यक्तिहरुको भीड लागेको छ । महायज्ञमा १०११ वटा विभिन्न देवीदेवताहरुको मूर्ति बनाइएको छ भने साथै दर्शन गर्न आउने भक्तजनहरुको लागि महायज्ञमा मनोरञ्जनको समेत व्यवस्था गरिएको र आज अन्य दिनको तुलनामा उल्लेख्य रमाइलो गर्नेहरुको भीड लागेको थियो । मेलामा विभिन्न किसिमको मनोरञ्जनको साधन, खेल तमाशा, मौतका कुवा, मारुती सर्कस, झुला, मिक्की माउस, ड्रागेन जम्पिङ, ब्रेक डान्स र माँ वैष्णोदेवीको गुफालगायत बच्चाहरुको लागि २० भन्दा बढी खेल तमाशाखाहरुको व्यवस्था गरिएको मनोरञ्जन व्यवस्थापक सुलतान खानले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...