होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ ।
विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाई गरिने, सर्वसाधारणलाई असर पर्ने चर्काे आवाजमा डिजे नबजाउन उनले आग्रह गरेका छन् । सर्वसाधारणको दैनिकी प्रभावित हुने गतिविधि नगर्न विज्ञप्तिमा अपील गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...