मधेश प्रदेशका चिकित्सकलाई तलब उपलब्ध नगराए आन्दोलन– संघ

वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ ।
संघले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्दै प्रदेशका विभिन्न स्थानीय तहका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब नपाएको र यसबाट उनीहरूको दैनिक जीवनयापनमा कठिनाइ भएको जनाएको छ ।
संघका अध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाउँदा उनीहरूको मनोबल गिरेको र यसले समग्र स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने जनाएका छन् । स्वास्थ्यकर्मीहरूले आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका छन्, तर उनीहरूले उचित पारिश्रमिक नपाउँदा दुःखित छन् । प्रदेश सरकारलाई तत्काल यो समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले पनि पटक–पटक सम्बन्धित निकायमा गुनासो दर्ता गराउँदा पनि सुनुवाई नभएको र तत्काल तलब उपलब्ध गराउन तथा नियमित रूपमा तलब पाउने व्यवस्था मिलाउन मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...