पत्रकार महासंघ पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगंज, १८ चैत । पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरूमा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरू आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...