एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिनुभयो ।
धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।
यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताउनुभयो । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् ।
क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो...