वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ । जेठ १८ गते राति जिल्ला पर्सा वीरगंज महानगरपालिका–२९ मुसैली स्थित श्री आदर्श क्रसर उद्योग प्रा.लि.मा लेवरको काम गर्ने कामदार सोही ठाउँ बस्ने वर्ष १८ को अजय मण्डलले ढुङगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडी ढुङ्गाको धुलो, बेल्टले बेरिएर पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्र.स.नि. ऋषीराम भट्टराई र इ.प्र.का. पटेर्वा सुगौलीका प्र.नि. प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले मृतकलाई ढुङ्गाको धुलोबाट निकाल्ने कार्य गरेको जिप्रका, पर्साका प्र.ना.उ. किशोर लम्सालले जनाएका छन् । शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको र अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...
मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते
वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो...