तीन किलो चरेससहित भारतीय नागरिक पक्राउ

वीरगंज, २ असोज । दुर्ई किलो ९६० ग्राम चरेस सहित एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन।
वीरगंज महानगरपालिका–२ डम्पिङ साइडतर्फ लागुऔषध खरिद विक्री कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दिपक गिरिले बताए।
उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागुऔषध चरेश २ केजी ९६० ग्राम बरामद गरिएको गिरिले जानकारी दिए।
पक्राउ परेका गिरीविरूद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...