अल्पाइन माविका दाजुभाइ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दै

वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र सतीश गुप्ता पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दैछन् ।
वीरगंज–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका छात्र सतीश गुप्ताले एनइइटी परीक्षा पास गरेर भारत, आगराको सरोजिनी नायडू मेडिकल कलेजमा एमबिबिएसमा भर्ना भएका छन् ।
अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले सतीश गुप्ता र उनका परिवारप्रति बधाई ज्ञापन गर्दै सतीश गुप्तालाई डाक्टर बनाउन उनका परिवारले देखाएको निरन्तर समर्पण र समर्थनप्रति सराहना गरेका छन् । लगन, जोश र समर्थनका साथ सबै कुरा हासिल गर्न सकिने कुरा सतीशले पुष्टि गरेको सञ्चालक उपाध्यायले बताए । यसबाट अल्पाइन माविका भविष्यका विद्यार्थीहरुको लागि सतीशले मार्गप्रशस्त गरेकोमा आफू पनि गौरन्वावित भएको बताए ।
यसअघि सतीशका दाजु नितेशले पनि पूर्ण छात्रवृत्तिमा हाल पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्स पढिरहेको उनले जानकारी दिए । सञ्चालक उपाध्यायले दुवै दाजुभाइले इतिहास बनाएकोमा सफलताको शुभकामना पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...