खाने होइन वीरगंजको तात्तो रसिलो जिलेबी ?

वीरगंज, २१ असोज ।
नवरात्रिको नवौं दिनसम्म वीरगंजको घण्टाघरदेखि आदर्शनगर क्षेत्रमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको ताजा र रसिलो जिलेबी हो । नौं दिनसम्म लाग्ने नवरथा मेलामा वीरगंजको सडक पेटीमा सयौं जिलेबी पसलहरू थापिएका छन् । आर्थिक मन्दीको समयमा पनि उनीहरूको पसलमा जिलेबी किन्नेहरूको कमी हुँदैन । एक पाउ, आधा किलो, एक किलो जिलेबी बिक्री हुने उनीहरूको ग्राहक भनेको पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा हुन् ।
गाउँ–गाउँबाट आएका कारीगरहरूले आकर्षक एवं रहरलाग्दा जिलेबी बनाएका छन् । सो ठाउँबाट ओहोरदोहोर गर्नेहरूको जिलेबी हेरेर मुख रसाउने गर्छ ।
वीरगंजमा लाग्ने मेलाको प्रमुख आकर्षण जिलेबीपसल रहँदै आएको छ र यस वर्ष पनि जिलेबीपसल नै सबैभन्दा बढी देखिएको छ ।
वीरगंजमा सप्तमी र अष्टमीका दिन भव्य मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गरेर बिपी उद्यानदेखि आदर्शनगर चोकसम्म र माईस्थानदेखि गीतामन्दिर चोकसम्म परम्परागतरूपमा मेला लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...