ट्याङ्करमा ३९२ किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, २२ असोज । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर र गाँजासहित दुर्ई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्पm जाँदै गरेको ना ७ ख १७७१ को ट्याकंर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकरचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
ट्यांकरको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...