बाराबाट हत्या गरिएको अवस्थामा शव भेटियो

वीरगंज, १ कात्तिक । वीरगंज महानगरपालिकाको छपकैया निवासी वीरेन्द्र सर्राफको वीरगंज–कलैया सडकखण्डको गण्डकचोकदेखि एक किलोमिटर दक्षिण नहरमा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव रहेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए ।
भारत, रक्सौल घर भई हाल सर्राफ को घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसंगै उनी गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए । सर्राफको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रनि भट्टले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...