सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कार्तिक १ गते फेला परेको थियो । असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो ।
सोनार हत्या प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको विशेष टोलीले हत्याका मुख्य आरोपित कलवारलाई मंगलवार रक्सौल क्षेत्रबाट पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने कलवारलाई वीरगंजको इनर्वा नाकाबाट पक्राउ गरिएको बताए ।
सोनारको हत्यामा संलग्न कलवारसंगै संलग्न रहेका अर्का एक युवक भने फरार रहेको बारा प्रहरी श्रोतले जनाएको छ । ती युवकको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । सोनारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक सोनारकी श्रीमति मनिषा देवीलाई गत शुक्रवार नै नियन्त्रणमा लिएको थियो । उनिपनि हाल प्रहरी हिरासतमै छिन् ।
सोनारको हत्या उनकी श्रीमति मनिषा देवी र पक्राउ परेका कलवारबिचको अनैतिक सम्बन्धका कारण भएको आशंका प्रहरीको छ । प्रहरी श्रोतले भन्यो,‘अहिलेसम्मको अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको देखिन्छ । तर यसवारेमा अझै यकिनका साथ भन्न सकिदैन । अनुसन्धान जारी छ।’
पक्राउ परेका कलवार, मृतक सोनारका साथी थिए । सोनारको घरमा नको आउजाउ राम्रैसंग थियो । असोज २७ गतेपनि मुसहर्वाको मेला हेर्न भन्दै सोनार र कलवार सोनारकै मोटरसाइकलमा घरबाट निस्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...