वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले तराई मधेस नेपालको मेरूदण्ड रहेको बताएका छन् । आज वीरगंजको आदर्शनगरस्थित टिबडेवाल धर्मशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशको कुल जनसंख्यामध्ये ४९ प्रतिशत जनसंख्या तराई मधेसमा रहेको रहेको बताए । उनले यहाँको भौगोलिक, सुगमता, यातायातको सुबिधा भएता पनि आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणबाट तराई मधेस सदैव पिछडिएको बताए । उनले यहाँका जनताले विभिन्न किसिमका शोषण खेप्नुपरेको बताए । अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवद्र्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको उनको भनाई थियो । सनातन धर्म संस्कृति र गौरवशाली सभ्यताको रक्षा गर्दै सबल र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई थियो। संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए। महत्वपूर्ण निर्णय अगामी पुस महिनामा सुनसरी जिल्लाको पबित्र तीर्थस्थल चकरा धामबाट तराई मधेसका विभिन्न जिल्ला हुँदै हुलाकीमार्ग हुँदै नवलपरासी जिल्लाको पबित्र तिर्थस्थल त्रिबेनी धाम सम्म जनजागरण अभियान शुरू गरिने बताएका थिए । तराई मधेस राष्ट्रिय सम्मेलन कार्यक्रम २७ गते आज समापन हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष राजिव पराजुलीलगायत २१ जिल्लाका २०० जना प्रतिनिधिहरुको सहभागिता हुने उनले बताए ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...