अल्पाइन माविका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
उनले अल्पाइन माविको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण गराउनुको उद्देश्य प्रत्यक्षरुपमा उनीहरुले औद्योगिक वातावरण अनुभूति गर्न सकोस् भनी बताए । निर्देशक उपाध्यायले अल्पाइन माविले बेला–बेलामा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई विभिन्न किसिमको जानकारी गराइरहेको बताए ।
भ्रमण अवलोकन कार्यक्रममा अल्पाइन माविका निर्देशक विनोद उपाध्याय, कार्यक्रम इन्चार्ज इन्जीनियर बाबुल सिंह एवं रसायन शास्त्रका शिक्षक दीपक दारूका,ं वरूणकुमार निषादलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...