२३० जनाको मोतियाबिन्दु निश्शुल्क शल्यक्रिया

वीरगंज, ९ मंसिर । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा मोतियाबिन्दु भएका २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ ।
तीनदिने शिविरमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको गापा अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।
पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रवारदेखि आइतवारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतियाबिन्द्ुको शल्यकृया गरेको चौधरीले बताए।
तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले पर्साकै विभिन्न ६ वटा पालिकाका ७ वटा वडामा मंसिर ३ देखि मंसिर ७ गतेसम्म निःशुल्क आँखा चेकजाँच शिविरि सञ्चालन गरेको थियो । उक्त शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तीनै ३ सय ९ जनामध्ये निचुटाको तीनदिने शिविरमा २ सय ३० जनाको निःशुल्क शल्यकृया गरिएको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारूले जानकारी दिइन् ।
७ वटा वडामा आयोजिना गरिएको आँखा चेकजाँच शिविरमा ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको भएपनि तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित तीनदिने शिविरमा २ सय ३० जनामात्र आएकाले उनिहरूको निःशुल्क शल्कृया गरिएको थारूले बताइन् ।
पटेर्वा सुगौली गाँउपालिकाले व्यवस्थापन गरेको शल्कृया शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले शल्यकृया गर्दा आँखामा लाग्ने लेन्स, औषधि र चश्मा उपलब्ध गराउनुका साथै चिकित्सकको व्यवस्थापनपनि उसले नै गरेको पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...