गुगल म्यापको भर पर्दा कार नदीमा खस्यो, तीनजनाको मृत्यु

वीरगंज, ९ मंसिर । गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ । भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिवार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्पm जाँदै गरेको थियो।
उनीहरू जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो तर जीपीएसमा खसेको भागको परिवर्तन अद्यावधिक गरिएको थिएन।
कार द्रूत तीव्र गति भएकाले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन। तीव्र गतिमा रहेको कार पुलबाट २५ फिट तल नदीमा बजारिँदा चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

एसिया कपका लागि क्रिकेटर रन्जित चयन

वीरगंज,९ मंसिर । युएईमा यहि मंसिर १४ गतेदेखि शुरू हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले...

२३० जनाको मोतियाबिन्दु निश्शुल्क शल्यक्रिया

वीरगंज, ९ मंसिर । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा मोतियाबिन्दु भएका २३० जनाको...

अल्पाइन माविका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न...