उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए ।
उपराष्ट्रपति रामसहाय यादवको गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण गर्दै हेलिकप्टरबाट चार फन्को पनि लगाएको थियो ।
मंसिर १ गते देखि शुरू भएको मेलामा मंसिर १७ गतेपछि मात्रै भीड बढ्न थालेको छ ।
पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा, मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
विश्व प्रसिद्ध गढीमाई मेला शुरू भएपछि नेपालका उपराष्ट्रपति लगायत राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरूले मेलाको अवलोकन गर्न थालेका छन् । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरूले अवलोकन क्रम जारी रहेको मेला मूल ब्यवस्थापन समितिले जनाएको छ।
गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगायत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...