पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकोले सोको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए ।
सदस्यता विवादका विषयमा दुर्ई महिनाअघि काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले जिल्ला शाखा र प्रदेश समितिले गरेको सिफारिसको आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको थियो ।
निर्णयलाई लत्याउंदै केन्द्रिय कार्यसमितिले जिल्ला र प्रदेश समितिले गरेको सिफारिस भन्दा बाहिरका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिएको सूची मंगलवार सार्वजनिक गरेको विरोधमा तालाबन्दी गरिएको भण्डारीले बताए । जुन आफुहरूलाई कदापी मान्य नभएको भन्दै उनले जिल्ला र प्रदेशको सिफारिस भन्दा बाहिरका व्याक्तिहरूलाई सदस्यबाट नहटाएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...