बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न शुरु गरेका छन् । शनिवार मध्यरात विशेष पूजापश्चात आइतवार बिहान पञ्चबली र त्यसपछि राँगा बली शुरू हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ । शनिवार मध्यरात अर्थात आईतवार सूर्याेदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली शुरू हुनेछ । सोमवार भने बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मेला मूल समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए । पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा दर्शनार्थी र भक्तजनहरू आइरहेको मेयर यादवले जानकारी दिए । हिन्दुहरूको शक्तिपिठको रूपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रूपमा परिचित छ । गढीमाई मेलाको अवसरमा नेपाल तथा भारतका लाखौंले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगरप्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको मेयर यादवले जानकारी दिए ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...