वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा ल्याएको हो । रास्वपा पर्साका नेता–कार्यकर्ताहरुले नाराबाजी गरिरंदा उनलाई प्रहरी कार्यालयमा ल्याइएको थियो । सानो पाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा आवश्यक अनुसन्धानका लागि पर्साबाट पनि पक्राउ पूर्जी जारी भएपछि उनलाई यहाँ ल्याइएको हो । उनलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिनेछ । सभापति लामिछानेमाथि सरकारी बकिल कार्यालयले आजैदेखि बयान लिने तयारी गरेको पर्सा प्रहरीले जानकारी दिएको छ । यसअघि राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मेडिकल चेकजाँच गरिएको थियो । उनको जिल्ला प्रहरी कार्यालय पर्सामा मेडिकल चेकजाँच गरिएको हो । वीरगंजको नारायणी अस्पतालबाट आएको स्वस्थ्यकर्मीहरूको टोलीले सभापति लामिछानेको स्वस्थ्य जाँच गरेको हो । टोलीले परिक्षण गर्दा उनको ‘ब्लड प्रेसर’ बढेको जनाइएको छ । उनको प्रेसर बढेर १६०–११० पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीमाथि बयान लिने तयारी गरिरहेको प्रहरीको भनाइ छ ।
More like this
ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...
अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा
वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...