वीरगंज, १५ पुस । पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर सिताराम चोकस्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डमा प्रहरी चौकी परवानीपुरले ड्राइपोर्ट आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १६० किलो गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । ट्रकमाथि हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको १० के.जी.का दरले १६ पोकामा १६० किलो लागु औषध गाँजा बरामद भएको प्रवक्ता लम्सालले बताए । प्रहरीले ट्रकचालक एवं धनी जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं. ७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन जिल्ला झुरझुरे राप्ती न.पा. वडा नं. ३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मालाई पक्राउ गरेको प्रवक्ता लम्सालले बताए । पक्राउ परेका दुवैजना व्यक्ति, लागूऔषध गाँजा र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...