वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई वाशिङ मेशिन र ३० थान कम्बल प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहीवार मानवसेवा आश्रमलाई एक थान वाशिङ मेसिन र कम्बल ३० थान सहयोग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगम वीरगंज शाखाका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल, वीरगंजका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम मानवसेवा आश्रमका अभिभावक प्रकाश थारू, उद्योग बाणिज्य संघ वीरगंजका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति गणेश लाठ, मानवसेवा आश्रम वीरगंजका प्रमुख मुना पुलामी, वीरगंजका संस्थापक अध्यक्ष देवेश गुप्तालगायतको सहभागिता थियो ।
More like this
ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...
अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा
वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...